धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा सप्तरीको रुपनी गाउँपालिका ६ भट्टाटोलका तीन परिवारलाई राहत वितरण गरेको छ । पीडितको घरमा आइतबार आयोजित एक समारोहका वीच धर्मीहल्फाद्वारा अग्नी पीडित परिवारलाई राहत वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै समाजसेवी इन्जिनियर यादव । फोटो : न्यूज टुडे
क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले अग्नी पीडित विष्णु बहादुर पाख्रीन( सुनकुमारी घिसिङ), भिम योन्जन तामाङ ( सर्मिला तामाङ ), नवीन बम्जन ( सुमित्रा तामाङ )को परिवारलाई भाँडाकुँडा, लत्ताकपडा, म्याट्रेस आदि राहत सामाग्री प्रदान गरे ।
राहत वितरण कार्यक्रममा पत्रकार बृजमान तामाङ, इलाका प्रहरी कार्यालय रुपनीका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम चौधरी, नेपाल तामाङ युवा घेदुङ सप्तरीका अध्यक्ष नवराज योन्जन, नेपाल तामाङ घेदुङ रुपनी गाउँपालिका ६ का अध्यक्ष अशोक कुमार योन्जन तामाङ लगायतका उपस्थिति रहेको थियो ।
शनिबार भएको आगलागीमा सून कुमारीको १ घर र २ गोठ, सर्मिलाको १ र नवीन १ घर जल्दा १० लाख बराबरको क्षति भएको थियो ।