• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमत पार्टी कञ्चनरुपकी उपमेयरकी प्रत्यासी राना एमाले प्रवेश

जनमत पार्टी कञ्चनरुपकी उपमेयरकी प्रत्यासी राना एमाले प्रवेश
उत्तम आचार्य 
कन्चनरुप , १६ फागुन ।
जनमत पार्टीकी नेत्री तथा कञ्चनरूप नगरपालिकाकी  उपमेयरकी प्रत्यासी सम्झना राना मगर चौधरी नेकपा एमाले प्रवेश गरेकी छन् ।  कञ्चनरुपमा  शनिबार आयोजित एक कार्यक्रमको वीच राना चौधरीको नेतृत्वमा सयौंको संख्यामा जनमत पार्टी परित्याग गरी  उनीहरु नेकपा एमालेमा प्रवेश  गरेका हुन् ।
 सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार सुमनराज प्याकुरेलले टीका र गम्छा ओढाएर  स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।
 पार्टी प्रवेश गर्दै  उपमेयरकी प्रत्यासी राना चौधरीले देशको हितमा काम गर्ने र जनतालाई माया गर्ने बिकास प्रेमी पार्टी  एमाले भएकोले आफू लगायत सम्पुर्ण साथीहरु एमालेमा प्रवेश गरेको बताइन् । 
 कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको  सहभागिता रहेको जनाएको छ ।