न्यूज टुडे
राजविराज, १६ फागुन ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३, कचन्दाहा निवासी चौधरी शनिवार जसपा नेपाल प्रवेश गरेका हुन् ।
उनलाई अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर स्वागत गरेका गरे ।चौधरी ०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित भएका थिए ।
पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदैआएका थिए । पुराना कम्युनिष्ट नेताका रुपमा परिचित उनी प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।