• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी ३ को विकास हामी सबै मिलेर गरौं : उपेन्द्र

सप्तरी ३ को विकास हामी सबै मिलेर गरौं : उपेन्द्र
न्यूज टुडे
राजविराज,१६ फागुन । 
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी ३ को विकास हामी सबै मिलेर मात्र सम्भव भएको बताएका छन् ।  सप्तरीको शम्भुनाथ नगरपालिका २ भलुवाई र रुपनी ६ का मतदातासंग भेटघाट गर्दै अध्यक्ष यादवले एकआपसको सहकार्य गर्दा असम्भव कुनै पनि कुरा नभएको बताएका हुन् । 
सप्तरी ३ अन्य क्षेत्रको तुलना अत्यन्तै पछाडि परेको भन्दै विकासमा पछाडी परिएको क्षेत्रलाई अगाडि बढाउने दृढ संकल्प लिएर आएकोले सहयोगका लागि आग्रह गरे । 
भलुवाई बासीले पुल नहुँदा बर्खाको समयमा आवतजावत ठप्प हुँदा सुत्केरी तथा विरामी अस्पताल पुर्‍याउन नस्स्क्दा ज्यान जोखिममा परेको पिडालाई सम्बोधन गर्दै अध्यक्ष यादवले डमरा खोलामा पुल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
उनले भारतको न्यौर हुँदै राजविराज रुपनी गाइघाट हुँदै चिनको केरुङ्ग सम्मको सिधा सडकको कार्य सुरु भइसकेकोले निकट भविष्यमै उत्तर दक्षिण मार्गले पूर्णता पाउने विश्वास व्यक्त गर्दै यस योजनाले भलुवाई बासीले राखेको तमाम समस्यालाई सम्बोधन गर्ने बताए । 
विकास निर्माणमा सबैको पहुँच र राज्यको श्रोत साधनमा सम्मान अवसर र अधिकारका लागि आफुहरु लडाइँ लडिरहेको बताउँदै अध्यक्ष यादवले  सुशासन विकास तथा पहिचान, प्रतिनिधित्व र अधिकारको लागि सम्पूर्ण विभेद र उत्पीडित जाति समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
विकासका लागि शिक्षामा जोड दिदै उनले निशुल्क शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्ने अध्यक्ष यादवको भनाइ थियो । 
भेटघाटमा भलुवाइको स्थानीय समस्या विन्देश्वर प्रसाद सिंहले राखेका थिए भने रुपनी ६ नयाँ बस्तीको समस्या र विकासका गर्नुपर्ने कार्यहरु बारे स्थानीय नवराज योन्जनले सुझाव राखेका थिए । 
भेटघाट कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी यादव, प्रदेश सभा सदस्य किरण कुमारी साह, जसपा केन्द्रीय सदस्य पुष्पा श्रेष्ठ लौगी, पुर्व केन्द्रीय सदस्य दिल कुमारी चौधरी, पूर्व मधेस प्रदेश समिति सदस्यहरु अमृत साफी, भिम बहादुर तामाङ, सुर्यमान तामाङ, जिल्ला अध्यक्ष सुनिल झा, उपाध्यक्ष हरेराम यादवलगायतका विभिन्न तहका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।