• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी २ मा जनमत पार्टीद्वारा शक्ति प्रदर्शन

सप्तरी २ मा जनमत पार्टीद्वारा शक्ति प्रदर्शन
न्यूज टुडे
राजबिराज, १६ फाल्गुन । 
सप्तरी–२ मा शनिबार जनमत पार्टीद्वारा शक्ति प्रदर्शन गरेको छ । जनमत पार्टीका उम्मेदवारको पक्षमा जनसमर्थन जुटाउन जनमत पार्टीले शक्ति प्रदर्शन गरेको हो । 
सप्तरी २ का उम्मेदवार एवम् जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अगुवाइमा बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको  थियो । मोटरसाइकल र्‍याली राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरिएको थियो ।
सप्तरी–२ मा डा. राउतसहित कुल ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्।