नर्मदेव यादव
राजविराज,१६ फागुन ।
सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार गजेन्द्र कुमार मण्डलले काँग्रेस उम्मेदवारलाई समर्थन गरेका छन् । राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत मण्डलले नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने राष्ट्रिय मुक्ति पार्टी र काङ्ग्रेसबीच सहमतिको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सहमति पत्रमा नेपाली काँग्रेस सप्तरीका सचिब सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन् ।