नर्मदेव यादव
रुपनी,१५ फागुन ।
सप्तरीको रूपनी गाउँपालिकामा शुक्रबार जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरीको रुपनीमा आयोजित एक कार्यक्रमका वीच रुपनी गापा १ का पूर्व वडा अध्यक्ष पिताम्वर यादवसहित दर्जनौं नेताकार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।
काँग्रेस प्रवेश गर्नेहरुमा पूर्व वडा अध्यक्ष यादव सत्यनारायण यादव, राजेन्द्रप्रसाद यादव, श्रीप्रसाद यादव, रामएकबाल यादव, प्रसादी राम, चन्दर कुमारी सदासहितका छन् ।।उनीहरूलाई नेपाली काङ्ग्रेसका सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार दिनेश यादवले पार्टीमा स्वागत गरे ।
यादव २०७४ सालमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपनी १ का वडाध्यक्ष निर्वाचन भएका थिए । लोसपा र जसपा नेपाल वीच एकीकरण भएपछि पार्टी एकताप्रति असन्तुष्ट रहेका उनीसहित काँग्रेस प्रवेश गरे ।
यादवसहितका स्थानीय प्रभावशाली नेताकार्यकर्ताले जसपा नेपाल परित्याग गरेपछि सप्तरी ३ बाट उम्मेदवार भएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई झड्का लागेको छ ।