• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रतिनिधिसभा निर्वाचनको समय आउन अब केबल ६ दिन मात्र बाँकी छ । मतदातालाई रिझाउँदै भोट माग्न निस्केका उम्मेदवारहरु खेतखेतमा समेत पुगेर जनतासित भेटघाट गर्न थालेका छन् ।
भेट मात्रै कहाँ हो र? कतिले त किसानको काममा पनि सघाउने, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने गरेको पनि देखिन थालेको छ । बहुसंख्यक मतदाता कृषि फर्ममै लागेका कारण धेरै उम्मेदवारहरुले किसानहरुका समस्या समाधानको विषयलाई आफ्ना घोषणा–पत्रमा प्रमुखताका साथ उठाउने गरेका छन् । विगता पनि यसबारे पटक–पटक प्रतिबद्धता जाहेर भएका पनि हुन् । 
तथापि किसानहरुले समस्याबाट छुटकारा पाउन नसकेको अवस्था छ । बरु उल्टै उनीहरुमाथि समस्या थपिँदै गएको कारणले कुनै समय खाद्यान्नमा आत्मनिर्भर रहेको मुलुकमा अहिले बाहिरबाट आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । वर्षौदेखि किसानले समयमा रसायनिक मल प्राप्त गर्न सकिरहेका छैनन् । उनीहरुले भोग्नु परेको सबै भन्दा ठूलो समस्या हो । हरेक जसो राजनीतिक दलले मल अभावको समस्या समाधानको प्रतिबद्धता गरेकै हुन्छन् । कतिपयले त मुलुकमै मल कारखाना स्थापना गर्ने भन्न सम्म भ्याएका छन् । तर अव्यवस्था भने ‘हातका लागि शून्य’ भैm छ । फगत आश्वासनका भरमा मात्रै काम चल्न सक्दैन । काम गर्ने मामिलामा चासो नराख्ने तर प्रतिबद्धता जनाउन चाहीँ पछि नपर्ने प्रवृत्तिले जनताले गर्ने भरोशा नै घटेर नजाला भन्न सकिन्न ।
मुलुकको अर्थतन्त्रका लागि मेरुदण्डकै रुपमा रहेको कृषि क्षेत्रको उत्थानमा प्राथमिकता दिनै पर्ने हुन्छ । यस क्रममा समयमा रसायनिक मल उपलब्धताको विषयलाई उपेक्षा गर्न मिलदै मिल्दैन ।