‘युनिटी एफसी विरेन्द्र बजार’सप्तरीको सुरुङ्गा नगरपालिका ८ महुलियामा संचालित महुलिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय डिहिबार बाबा स्थान खेलमैदानमा बिहिवार सम्पन्न खेलमा मुसहर्निया सामुदायिक युथ क्लब खडक नपा ८ लाई १-५ गोलान्तरले पराजित गर्दै युनिटी एफसी विरेन्द्र बजार सेमिफाइनल प्रवेश गरेको हो ।
म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै विरेन्द्र बजारका राहुल विश्वकर्मा । फोटो : न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको प्रतियोगिताको पहिलो हापमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर ८ का भूषण मगरले १ गोल गरि टिमलाई अगाडि बढाए ।
खेलको दोश्रो हापमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर ११ का करण सरदारले १ गोल थपेर टिमलाई २ गोलको अग्रता दिलाए भने विरेन्द्र बजारकै राहुल विश्वकर्माले १ गोल थपेर ३ गोलको अग्रस्थान कायम राखे ।
यसैगरी मुसहर्नीयाका जर्सी नम्बर ८ का गौतम चौधरीले १ गोल फर्काउन सफल भए भने विरेन्द्र बजारका जर्सी नम्बर ११ का करण सरदारले १ गोल थपेर ४ गोलान्तरले टिमलाई अग्रस्थानमा कायमै राखे । विरेन्द्र बजारका जर्सी नम्बर ७ का राहुल विश्वकर्माले १ गोल थपेपछी विरेन्द्र बजार १-५ गोलान्तरले विजयी भएको आयोजकले जनाएको छ ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका विरेन्द्र बजारल्का जर्सी नम्बर ७ का राहुल विश्वकर्मा म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ५ सयबाट पुरस्कृत गरिएको थियो ।
सुरुङ्गा नगरपालिकाको सहयोग तथा समन्वय र सातौन स्मृति ट्रष्ट सप्तरीको प्रायोजकत्वमा महुलिया फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा श्री राजजी युवा क्लब हरकट्टी शम्भुनाथ नपा ५ मोहनपुर,सुरुङ्गा युवा क्लब सुरुङ्गा ६ श्रीपुर सप्तरी,गढीमाई युवा क्लब लक्ष्मीपुर पतारी गापा २ सिरहा,स्टुडेन्ट एफसी लहान सिरहा, आयोजक महुलिया फुटबल क्लब सुरुङ्गा ८ सप्तरी,सिंगराही सामुदायिक युवा क्लब लहान १ सिरहा, युनिटी एफसी विरेन्द्र बजार सप्तरी,श्री मुसहर्नीया सामुदायिक युवा क्लब खडक नपा ८ सप्तरी गरि ८ टिम सहभागी रहेको छ ।
प्रतियोगितामा विजेता तथा विजेता टिमलाई क्रमशः नगद५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनलमा शनिबार विरेन्द्र बजार र आयोजक महुलिया फुटबल क्लब वीच प्रतिस्पर्धा हुने युनिटी एफसीका मिडफिल्डर आयुष तामाङले जानकारी दिए ।