• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमतका वडा अध्यक्ष साहको नेतृत्वमा ४३ जना एमाले प्रवेश

जनमतका वडा अध्यक्ष साहको नेतृत्वमा ४३ जना एमाले प्रवेश
उत्तम आचार्य 
कञ्चनरूप, १३ फागुन । 
सप्तरीको कञ्चनरूप नगरपालिकामा  बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा  ४३ जना प्रवेश गरेका छन्। कञ्चनरूप–५ स्थित पथरीमा आयोजित गाउँ कमिटीको भेलामा जनमत पार्टीका वडा अध्यक्ष भरत प्रसाद साहको नेतृत्वमा ४३ जना एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई एमालेका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमनराज प्याकुरेलले अबिर लगाएर स्वागत गरे। 
कार्यक्रममा बोल्दै नव प्रवेशी साहले जनमत पार्टी नातावाद, कृपावाद र सीमित व्यक्तिको स्वामित्वमा चल्न थालेको आरोप लगाए। उनले देश र जनताको हितमा काम गर्ने, राष्ट्रियता र स्थायित्वका पक्षमा स्पष्ट दृष्टिकोण भएको एकमात्र पार्टी एमाले भएकाले आफूहरू एमाले पार्टीमा आबद्ध भएको बताए। राष्ट्रिय हितको रक्षा र समृद्धिको यात्राका लागि एमाले नै उपयुक्त विकल्प भएको उनले दाबी गरे।
एमाले वडा कमिटी अध्यक्ष बालक चौधरीका अनुसार नवप्रवेशीहरूमा जनमत पार्टीका कार्यकर्तासँगै जनता समाजवादी पार्टी, नेपाल र नेपाली कांग्रेस परित्याग गरेका नेता–कार्यकर्तासमेत रहेका छन्। विभिन्न पार्टी परित्याग गरी एमाले रोज्ने क्रम बढ्दो रहेको उनले बताए।
प्रतिनिधि सभाको आसन्न निर्वाचन नजिकिँदै जाँदा एमालेमा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको क्षेत्रीय संयोजक राजकुमार साहले जानकारी दिए।  जनताको विश्वास र समर्थन एमालेतर्फ बढ्दै गएको दाबी गर्दै  उनले आगामी निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।