न्यूज टुडे
राजविराज,१३ फागुन ।
सप्तरीमा तीन दिन भारतीय सिमा नाका सिल गरिएको छ । आसन्न फागून २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि सिमा नाका सिल गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस सूचना जारी गर्दै फागुन १९ गते राती १२ बजे देखि २१ गते रातीसम्म भारतीय सिमा नाका सिल गरेको जनाएको छ ।
निर्वाचनलाई स्वतन्त्र,स्वच्छ,निष्पक्ष, भयरहीत एवम् शान्तिपूर्ण बाताबरणमा सप्पन्न गर्न भारतसंगै सिमा जोडिएका सप्तरीको सम्पूर्ण सीमा नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।