• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कुस्ती खेलको विकासमा सहयोग गर्छु : डा. चौधरी

कुस्ती खेलको विकासमा सहयोग गर्छु : डा. चौधरी
न्यूज टुडे

राजविराज,११ फागुन । 

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी २ का उम्मेदवार डा. दिपक चौधरीले  कुस्ती खेलको विकास र यसलाई थप व्यवसायीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ स्थित लालापट्टीमा सोमबार आयोजित कुस्ती खेलको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
उनले सप्तरीमा एउटा मध्यम स्तरको कुस्ती स्टेडिम बनाउन आवश्यक रहेको बताए  ।  कुस्ती मधेशको शान रहेको र यो सप्तरी छिन्नमस्ताको पहिचान रहेको बताउँदै उनले कुस्ती खेलको विकास र यसलाई थप व्यवसायीकरण गर्न सप्तरीमा एउटा मध्यम स्तरको कुस्ती स्टेडिम आवश्यक रहेको बताए । 
आफू जिते यसकालागि पूर्ण प्रयास गर्ने बताउँदै उनले यसले छिन्नमस्ता लगायत सप्तरीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे  ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भएको कुस्ती खेलको समापनमा पहलमानहरुको हात मिलाउँदै  डा. चौधरीले सप्तरीमा कुस्ती खेलको विकासमा आफू लागिपर्ने बताए ।