• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सिडेन मधेश प्रदेशद्वारा आयोजित चुनावी अन्तर्क्रिया सम्पन्न 

सिडेन मधेश प्रदेशद्वारा आयोजित चुनावी अन्तर्क्रिया सम्पन्न 
शिवनारायण साह ( सुरज )
राजविराज,११ फागुन । 
सर्लाहीको छेत्र नम्बर  ४ को गोडैतामा आइतबार चुनावी अन्तरक्रिया सम्पन्न भएको छ । सिडेन मधेश प्रदेशद्वारा आयोजित चुनावी अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
सिडेन मधेश प्रदेशका सभापति इन्जिनियर राज किशोर भिनवारको अध्यक्षतामा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, विकास निर्माणमा इन्जिनियरहरूको भूमिका तथा आसन्न निर्वाचनमा जिम्मेवार सहभागिता हुनुपर्नेमा जोड दिए । 
 देशको समृद्धि र स्थायित्वका लागि प्राविधिक जनशक्तिको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै  प्रमुख अतिथि अध्यक्ष थापाले लोकतन्त्र सुदृढीकरणमा सबैले हातेमालो गर्नुपर्ने बताए। उनले लोकतन्त्र, विकास र समृद्धिका लागि अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले देशको बिषम परिस्थितीमा भइरहेको चुनावमा समाजको बौद्धिक वर्ग इन्जिनियर समुदायको अग्रणी भूमिका रहने हुँदा देश निर्माणका साथै समाज निर्माणमा पनि समय सापेक्ष जिम्मेवार भुमिका खेल्न आग्रह गरे । सभापति थापाले  फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक विधि र पद्धतिका पक्षधर नेपाली कांग्रेसलाइ मतदान गर्न आम इन्जिनियरहरुलाइ आव्हान गरे । 
पुर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर प्रमोद यादवको निर्मम हत्या प्रकरणप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले दोषीलाई कानुनी कठघरामा उभ्याउन तत्काल निष्पक्ष र न्यायिक छानबिनका पहल लिन आग्रह गरे । 
“कानुनभन्दा माथि कोही छैन। निर्दोष नागरिकको ज्यान लिने अपराधी जोसुकै भए पनि कठोर कारबाही हुनुपर्छ।’उनले भने’राज्यले पीडित परिवारलाई न्याय दिन ढिला गर्नु हुँदैन।”
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य एवम् पूर्व साँसद सकलदेव सुतिहार,नेपाली कांग्रेसका सहमहामन्त्री मुक्ता यादव, सिडेनका केन्द्रीय अध्यक्ष इन्जिनियर रबि भुषण झा, काँग्रेस सप्तरी सचिव सनत मण्डल लगायतका बरिष्ठ इन्जिनियरहरुको सहभागिता  थियो ।