• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुपको बैरवामा सयौंको संख्यामा एमाले प्रवेश

कञ्चनरुपको बैरवामा सयौंको संख्यामा एमाले प्रवेश
उत्तम आचार्य 
कन्चनरुप , १० फागुन ।
सप्तरीको कञ्चनरुप-१ बैरवामा सयौंको संख्यामा नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । कञ्चनरुपको बैरवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस , जनमत लगायतका विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमाले प्रवेश गरेका हुन् । 
कार्यक्रममा तमिज शेखको नेतृत्वमा कुल १ सय ८६ जना नेताकार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेको एमाले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सचिब सरोज राना मगरले बताए । 
नव प्रवेशीहरुलाई एमाले नेता एवम् सप्तरी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुमनराज प्याकुरेलले फुल माला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।
 पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्याकुरेलले आफू बिजयी भएमा सबै जनताहरुको राय सल्लाह अनुसार जनताको शिर झुक्न नदिने गरि यस क्षेत्रको बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पार्टी प्रवेश गर्दै तजिम शेखले यो देशमा बिकास गर्ने पार्टी भनेको एमाले भएकोले र यस क्षेत्रमा बिकास प्रेमी नेता सुमनराज प्याकुरेललाई उम्मेदवार बनाएकोले पनि आफुहरु प्रभावित भइ एमालेमा प्रवेश गरेको बताए ।शेखले प्याकुरेललाई अत्याधिक मतले बिजयी गराउने विश्वास समेत दिलाए ।
  जिल्ला समिति सदस्य एवम् क्षेत्रीय संयोजक राज कुमार साहको अध्यक्षतामा आयोजित  कार्यक्रममा एमाले प्रदेश सदस्य एवम् कञ्चनरुप नगरपालिकाका पूर्व मेयर बशन्त कुमार मिश्र, जिल्ला कमिटी सदस्य हरिहर बस्नेत, नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरी  एमालेका नेता शिव नारायण साह, बिष्णु थापा मगर लगायतको नेताहरुको उपस्थिति रहेको थियोे ।