• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धुलो नियन्त्रणको माग गर्दै पूर्वपश्चिम राजमार्गको बसन्तपुर सडक खण्डमा चक्काजाम

धुलो नियन्त्रणको माग गर्दै पूर्वपश्चिम राजमार्गको बसन्तपुर सडक खण्डमा चक्काजाम
न्यूज टुडे
राजविराज,१० फागुन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कंचनपुर- कमला चार लेन सडक निर्माण कार्यमा धुलो नियन्त्रणमा सरोकारवाला गम्भीर नदेखिएको भन्दै स्थानीय विरोध प्रदर्शनमा उत्रिएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित बशन्तपुर सडक खण्डमा स्थानीयबासीले आइतबार आधघण्टा सडक अबरुद्ध गरि विरोध जनाएका हुन् ।
 बर्षोसम्म सडक खनेर अलपत्र छोड्दा सडक आसपास बस्तीका बासिन्दाले धुलोको ठूलो मार खेप्न परेको आन्दोलनमा उत्रिन बाध्य भएको एक सहभागीले बताए ।  सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ देखी कञ्चनरुप नगरपालिका १२ स्थित सुन्दरी पुलसम्मको सडक खनेर अलपत्र छोड्दा सर्वसाधारणलाई धुलोले अति समस्या पारेको उनले बताए । सडकमा उडेको धुलोले बसन्त्पुर आसपासका बस्ती सेताम्मे देखिन थालेको उनले जानकारी दिए । 
सडकमा उडेको धुलोले सडक आसपासका बासीन्दा बढी प्रभावित भएको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ रतबलाका विजय कुमार चौधरीले बताए । बर्षोसम्म सडक खनेर छोड्दा धुलो उडेर घरमा बस्ने बाताबरण नभएको उनले दुखेसो पोखे ।
सडकमा उडेको धुलो नियन्त्रणमा निर्माण कम्पनीले कुनै पहल नगरेको तथा सडक निर्माण कार्य समेत सुस्त गतिमा भइरहेको चौधरी गुनासो गरे । सडकमा पानीको व्यवस्थापन गरि प्रदुषण रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि आक्रोशित स्थानीयबासीहरु सडक संघर्ष उत्रिन बाध्य भएको उनले बताए ।
‘भान्सा कोठा, सुत्ने ओछ्यान, तरकारी बाली सबै ठाउँमा सडकको धुलोले भरिन्छ’ उनले भने, ‘खानासंगै धुलोमैला खानुपर्ने दैनिकी जस्तै भएको छ, घर छोडेर काँहा जानु, घरमा बस्ने बाताबरण छैन । ‘
 सडकमा तत्काल प्रयाप्त पानीको व्यवस्थापन गर्ने स्थानीय प्रहरीले प्रतिबद्धता व्यक्त गरेपछि विहान ११ बजेदेखि जारी चक्काजाम आधाघण्टा पछि तत्काल खोलिएको चौधरीले जानकारी दिए । देशको बर्तमान अवस्थालाई मध्य नजर गरि धुलो नियन्त्रण गराउने र  चक्काजाम खोल्ने सहमति भएको उनले जानकारी दिए । 
दुइपक्षीय सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन सडक अबरुद्धसहित थप सशक्त आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिए । 
आन्दोलनका कारण सयौंको संख्यामा सवारी साधन सडकमा थन्किदा हजारौं यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए । 
कंचनपुर-कमला चार लेनको सडक निर्माण कार्यको ठेक्का चाइनिज रेल्वे इन्जिनियरिङ ग्रुपले लिएको छ । पटकपटक म्याद थप गरी आठ बर्ष पुग्दा समेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको।छैन ।
निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा यातायातका साधनहरु दुर्घटना हुने तथा सर्वसाधारणमा रुघाखोकी, ज्वोरो, दम तथा श्वासप्रश्वासका रोगी वृद्धि हुन थालेको स्थानीय बताउछन् ।।