• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी १ का एमाले उम्मेदवार प्याकुरेल घरदैलो तथा भेटघाटमा व्यस्त 

सप्तरी १ का एमाले उम्मेदवार प्याकुरेल घरदैलो तथा भेटघाटमा व्यस्त 
उत्तम आचार्य 
कन्चनरुप , ०९ फागुन ।
नेकपा एमालेको तर्फबाट सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार सुमनराज प्याकुरेल दिनहुँ घरदैलो कार्यक्रम तथा मतदाता संग भेटघाट गर्न ब्यस्त छन  ।  प्याकुरेल शनिबार कन्चनरुप १२ को घरदैलो कार्यक्रम तथा मतदाता संग भेटघाट गर्ने कार्यक्रममा ब्यस्त भएका हुन्।
प्याकुरेलले आफुले जितेमा सप्तरी क्षेत्र नम्बर १ को मात्र नभइ सप्तरी जिल्लाकै शिर झुक्न नदिइ सधैं शिर उचो हुने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले ढुक्कका साथ सबैलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।
नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एवम् रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य जीवन ( मनिष  ) श्रेष्ठले अहिले देशीविदेशी शक्तिहरुले एमालेको विरुद्धमा भ्रम सृजना गरि मतदाताहरुलाइ भडकाउने गरेका भन्दै आक्रोश पोखे । उनले त्यस्ता राष्ट्र बिरोधि , बिकास बिरोधि शक्तिहरुलाई समयमै चिनी एमालेका बिकासप्रेमी नेता प्याकुरेलको पक्षमा अत्याधिक रुपमा मतदान गरि बिजयी गराउन सबैलाई आग्रह गरे ।
स्थानीय लक्षमी श्रेष्ठले प्याकुरेलले आफू चुनावमा नजिते पनि यस क्षेत्रमा राम्रो बिकास गर्नु भएकाले हामी उनलाई कहिल्यै पनि बिर्सन नसक्ने भन्दै प्रशंसा गरिन । उनले यसपालि प्याकुरेल राम्रो मतकासाथ बिजयी हुनेमा आफू ढुक्क भएको बताइन ।
 घरदैलो कार्यक्रममा एमाले नेताकार्यकर्ता तथा स्थानीयहरुको समेत सहभागिता ररेको थियो ।।