उत्तम आचार्य
कनचनरुप , ०८ फागुन ।
रास्वपाद्वारा दाङमा नेकपा एमाले पार्टीको झण्डा जलाएको बिरोधमा सप्तरीको कञ्चनपुरमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ । एमालेको झण्डा जलाएको विरुद्धमा नेपाल राष्ट्रिय युवा संघले मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गरेको हो ।
नयाँ भनिने रास्वपाका नेताकार्यकर्ताहरुले सयौंको संख्यामा भेला भई दाङमा नेकपा एमाले पार्टीको झण्डा र सुर्य चिन्ह अंकित प्रचारप्रसार सामग्री जलाएको बिरोधमा प्रदर्शन गरिएको नेपाल राष्ट्रिय युवा संघले जनाएको छ ।
र्याली रुपनगर चौकबाट सुरु भई कञ्चनपुर बेरियर हुँदै कञ्चनपुर बजारमा कोण सभा गरेका थिए । कोणसभामा एमालेका केन्द्रिय कमिटी सदस्य राजकुमार लेखी, युवा संघका केन्द्रिय सदस्य तथा मधेस प्रदेश ईन्चार्ज मनिष श्रेष्ठ (मनिष) ले सम्बोधन गर्दै संलग्नलाई कडा कारवाहीको माग गरे।
पार्टीको झण्डा जलाउनु भनेको कायर मानसिकता भएका ब्यक्तिहरुले चुनाव भाडने र लोकतन्त्र माथिको नाङो प्रहार भएको उनीहरुको टिप्पणी थियो ।