• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बरमझियामा जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय

बरमझियामा जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय
न्यूज टुडे
राजविराज,०८ फागुन । 
सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रचारप्रसार तथा परिचालन समितिको कार्यालय स्थापना गरिएको छ ।  शुक्रबार आयोजित एक समारोहका वीच जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्यामसुन्दर सरदारले रिबन काटेर कार्यालय उद्घाटन गरेका हुन् । 
कार्यालय उद्घाटन समारोहमा मञ्चासीन नेतागण । फोटो : न्यूज टुडे
कार्यालय उद्घाटन समारोहमा जसपा नेपालका केन्द्रीय अनुशासन विभाग प्रमुख जगदेव यादव, पार्टी केन्द्रीय सदस्य भरत महतो, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य बृजमान तामाङ, जिल्ला उपसचिव रामेश्वर कौडगिया यादव, जिल्ला सदस्य अर्जुन यादव, क्षेत्रीय अध्यक्ष मनोज बहडखेर यादव, समाजवादी महिला संघ मधेस प्रदेशकी कोषाध्यक्ष रेणुका खंगको उपस्थिति भएको थियो । 
यसैगरी पूर्व जिल्ला सदस्य विजय कुमार चौधरी, तिरहुत गाउँ पालिका अध्यक्ष विरेन्द्र कुमार मिश्र, सप्तकोसी नगरपालिका अध्यक्ष राम कुमार यादव, आचारसंहिता व्यवस्थापन समिति सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का संयोजक  राज कुमार यादव, अग्नीसाइर कृष्णासवरन गाउँपालिका उपाध्यक्ष एवम क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति संयोजक सुर्यमान तामाङ, शिवनन्दन लेखी लगायतका क्षेत्र भरीका अगुवा नेताकार्यकर्ताहारुको उपस्थिति थियो ।