• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ल्होछारको टिकाको शुभसाइत बुधबार विहान ०८:०५ बजे

ल्होछारको टिकाको शुभसाइत बुधबार विहान ०८:०५ बजे
न्यूज टुडे
राजविराज,०५ फागुन ।
तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व २८६२ औं सोनाम ल्होछारको टिकाको शुभसाइत बुधबार विहान ०८:०५ बजे रहेको छ । चन्द्रपात्रो अनुसार यस बर्षको ल्होछारको टिका फागुन ०६ गते बुधबार विहान ०८:०५ बजे राम्रो शुभसाइत जुरेको हो ।
नेपाल तामाङ लामा घेदुङले २८६२ औं सोनाम (ता ल्हो) ल्होछारको टिकाको राम्रो साइत बुधबार बिहान ०८:०५ बजे रहेको जनाएको छ । चन्द्र पात्रो अनुसार बुधबार विहान ०८:०५ बजेदेखि ल्होछारको टीका खदा ग्रहण गर्न राम्रो हुने नेपाल तामाङ लामा घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धर्म डुम्जन लामाले बताए ।
बुधबार विहान देखि  शुरु गरी पाँच दिनसम्म मान्यजनको हातबाट टीका खदा ग्रहण गरि आर्शिवाद थापी ल्होछार मनाउँदा राम्रो हुने उनले बताए । 
तामाङ समुदायले घरघरमा धार्मिक विधि अनुसार कुलदेवता तथा बुद्ध पूजा गरी चढाएको टीका, खदा कुलदेवताको प्रसादको रुपमा ग्रहण गरी ल्होछार पर्व मनाउने चलन रहेको छ ।  
यसरी मान्यजनको हातबाट टीका खदा ग्रहण गरि आर्शिवाद लिंदा बर्षभरी सुख, शान्ति, खुशी हुने तथा सम्पूर्ण मनकामना पूरा हुने धार्मिक विश्वास रहदै आएको छ ।