• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा नेपाली काँग्रेसको प्रचारप्रसार सम्पर्क कार्यालय

रुपनीमा नेपाली काँग्रेसको प्रचारप्रसार सम्पर्क कार्यालय
नर्मदेव यादव
रुपनी,०४ फागुन
नेपाली काँग्रेसको रुपनी गाउँपालिका स्तरीय चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय रुपनीमा सोमबार स्थापना गरिएको छ । नेपाली कांग्रेस सप्तरी क्षेत्र ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेश कुमार यादव र मधेस प्रदेशसभा सदस्य पुर्वमन्त्री मो. समिमले रिवन काटेर संयुक्त रुप्मा सम्पर्क कार्यलय  उद्घाटन गरेका हुन्। 
कार्यालय उद्घाटन समारोहमा नेपाली कांग्रेस  सप्तरीका सदस्य मुखिलाल यादवको संयोजकत्वमा सात सदस्य पालिका स्तरीय प्रचारप्रसार  समिति समेत गठन गरिएको छ । 
 समितिका संयोजक यादवको अध्यक्षतामा आयोजित  कार्यालय उद्घाटन समारोहमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपेन्र्द नारायण यादव,प्रदेश ख का सभापति भागवत यादव, ज्ञानेन्द्र इसर, उपेन्द्र यादव किसुन यादव, गजेन्द्र प्रसाद यादव, सियाराम महतो, दुलार यादव मो. अनवर, अभिन्न्दन यादव लगायतका प्रदेश, जिल्ला, क्षेत्र पालिका स्तरीय नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।