प्रतिनिधि सभाको चुनावलाई लक्षित गर्दै सप्तरीको कञ्चनरुपमा सोमबार बृहत चुनावी र्याली निकालेको छ । नेकपा एमाले कन्चनरुप नगर कमिटीले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि र्याली प्रदर्शन गरेको हो।
कोणसभालाई सम्बोधन गर्दै सप्तरी १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्याकुरेल । फोटो : न्यूज टुडे
कन्चनपुर हटियाबाट हजारौंको संख्यामा निष्किएको र्याली कन्चनरुपको विभिन्न भाग परिक्रमा गरि कन्चनपुर बेरियरमा गएर कोणसभामा परिणत भएको थियो ।
नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कोणसभामा बोल्दै नेकपा एमालेको तर्फबाट १ नम्बर क्षेत्रका उम्मेदवार सुमनराज प्याकुरेलले आफुले चुनाव जितेमा बिकासका कामले छलाङ मार्ने बताए ।
अहिलेसम्म यस क्षेत्रका जनताले बिकासको अनुभुती गर्न पाएका छैनन भन्दै कोशी ट्प्पु बन्यजन्तुको समस्या , सिचाइ , बेरोजगार , खेलकुद , नदि तटबन्ध , शिक्षा , स्वास्थ लगायतका समस्याहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने र जनताको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
हर्सोउल्लासकासाथ हजारौंको संख्यामा र्यालीमा सहभागी सबैलाई धन्यवाद समेत दिए ।
कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्रले यो देशमा एमाले बाहेक अरु कुनै पार्टीले जनताको पक्षमा काम गर्न नसकेको दावी गर्दै एमालेले राम्रो काम गरेकै कारणले गर्दा देशीविदेशी शक्तिहरूले एमालेलाई घेराबन्दी गरेको आरोप लगाए ।
एमालेको बहुमतको सरकार बिना देशले कोल्टे नफेर्ने भएकाले एमालेका उम्मेदवार सुमनराज प्याकुरेललाई अत्यधिक मत प्रदान गरि बिजयी गराउन सबैलाई आग्रह गरे ।
कार्यक्रम संचालन नेकपा एमालेका क्षेत्रीय सचीव सरोज राना मगरले गरेका थिए।