न्यूज टुडे
राजविराज,०३ फागुन ।
समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले सप्तरीको छिन्नमस्ता -३ सखडाकी एक अग्नीपीडित परिवारलाई सहयोग गरेका छन् । महाशिवरात्री पर्व तथा सेना दिवसको अवसर पारेर स्थानीय अग्नीपीडित चन्द्रकला देवी चौधरीको परिवारलाई लत्ताकपडा तथा भाँडाकुडासहितको सामाग्री इन्जिनियर यादवले राहत स्वरुप सहयोग गरेका हुन् ।
आगलागीमा परी विच्चलीमा रहेकी छिन्नमस्ता -३ सखडाकी अग्निपीडित चौधरीलाई सहयोग स्वरूप साड़ी, बल्यांकेट, भाँडा,बाल्टिन,मग लगायतका सामाग्री प्रदान गरेको इन्जिनियर यादवले बताए । धर्मी हल्फा महिला विकास क्लव सप्तरीका अध्यक्ष समेत रहेका समाजसेवी इन्जिनियर यादवले पीडित परिवारको घरमै पुगेर उक्त सहयोग गरेका छन् ।
उक्त अवसरमा समाजसेवी संगीता देवी,हरि नारायण यादव,राम कुमार साह लगायतका स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति थियो । चौधरी घरमा २०८२ माघ २२ गते आगलागी हुँदा अनुमानित ५० हजार भन्दा बढीको क्षति भएको थियो ।