समाज विभिन्न जातजाती, भाषाभाषीको साझा बासस्थल हो । यही बिबिधताका कारण समाजलाई मात्र नभई मुलुकलाई नै उदाहरणीय तुल्याएको छ ।
विविधताका वीचको एकता नेपालीहरुको सुन्दर पक्ष भएका कारण यसलाई जोगाएर राख्न सकियो भने त्यो समग्र मुलुककालागि नै हितकर बन्नेमा शंका मान्नु पर्दैन । यसले आपसी एकता,सद्भाव तथा सहकार्यमा पनि उत्प्रेरणा जागृत गर्ने भएकोले आपसको सम्बन्ध बिथोलिन नपाओस् भन्ने कुरामा हेक्का राख्नु पर्ने आवश्यकता छ । आपसको सम्बन्ध जीवीत तुल्याउनकालागि सबै पक्षले ध्यान दिन सके त्यसमा बिचलन आउन पाउँदैन । यति हुँदा पनि विभिन्न नाममा समाजको एकतालाई भत्काउने कोशिस चाहिँ हुँदैन भन्न सकिन्न । राजनीतिक झुकाव वा अन्य कारणले पनि व्यक्ति व्यक्तिका वीचमा फरक धारणा विकसित भएर जान सक्दछ । तर यसकै कारणले सम्बन्ध बिगार्नु पर्छ भन्ने होईन । राजनीतिमा लागेपछि विचार फरक हुन सक्दछ । यसलाई सामान्य रुपमा नै लिईनु पर्दछ । कसैको फरक सोच छ भने त्यसको सुनुवाई वा सहिष्णुता नै राख्नु हुँदैन भन्ने होईन । सकिन्छ भने फरक विचारकालाई पनि आफ्नो विचारसित सहमत गराउने हो । सकिन्न यदि भने उसको उपयुक्त विचारका बारेमा पनि चिन्त गरिनु अन्यथा होईन । विचारका विविधता सबै ठाउँमा हुन्छन् नै ।
त्यसैले फरक विचार वा अन्य कारणले सम्बन्ध बिगार्ने होईन,बरु त्यसलाई अझै सुमधुर बनाउने तर्फ लाग्नु नै उत्तम हो । विचार जे जस्तो भए पनि सामाजिक एकता तथा सद्भाव बिथोलिन नपाओस् भन्ने तर्फ ध्यान दिन सकियो भने यसले सामाजिक उत्थानका प्रयासमा पनि योगदान मिल्न सक्नेछ ।