• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वालेनलाई प्रधानमन्त्री बन्न दिव्य शक्तिको कामना गर्दै रामायण पाठ

वालेनलाई प्रधानमन्त्री बन्न दिव्य शक्तिको कामना गर्दै रामायण पाठ
 रामनाथ यादव
राजविराज , ०१ फागुन 
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर ४ स्थित काेइलाडीमा वालेनलाई प्रधानमन्त्री बन्न दिव्य शक्तिको कामना गर्दै रामायण पाठ गरिएको छ । स्थानीय गाउँबासीले २४ घण्टे  अख्ण्ड रामायण पाठ,हनुमान अराधाना आयोजना  गरेको हो ।
सप्तरी जिल्लाकाे ऐतिहासिक गाउँ मधेसवादका प्रणेता गजेन्द्रनारायण सिंह र गन्तन्त्रवादी रामराजा प्रसाद सिंह तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहकाे गाउँमा अवकाश प्राप्त रेन्जर हरि नारायण साह लगायत समस्त ग्रामवासीकाे सहमति र सहयाेगमा फागुन संक्रान्ती , कृष्णापक्ष,पशुपतिनाथसंग माता पार्वतीकाे शुभविवाहकाे शुभ घडीमा मुलुकमा दिव्य शक्ति प्राप्त गर्न र देशमा शान्ति ल्याउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन नेतृत्वमा सरकार वनाेस भन्ने कामना गरी अखण्ड रामायण पाठ,हनुमान अराधानाकाे संकल्प लिएको स्थानीयले जनाएका छन् ।
मुलुकमा वालेन सरकार वनाेस  भन्ने कामना गरी २४ घण्टा निराहार ब्रत उपवास वसेर संकल्प लिएको स्थानीय अवकाश प्राप्त रेन्जर हरिनारायण साहले बताए । बालेन्द्र शाहको समर्थनमा झण्डा प्रदर्शन गरी रामनारायण पाठ गरिएको उनले जानकारी दिए । 
स्थानीय हनुमान आराधना मंडलीका संचालक जलेश्वर साह,पंडित रामकिशुन यादव,महात्मा लक्ष्मी दास,सुरजीत ( गुडु ) सिंह ,रामअषिश साह,श्याम कुमार साह,अशाेक साह,कुशेश्वर साह,ब्रह्म्देब खंग,विरेन्द्र साह ,युवा रामेश्वर खंग,विसाे सदा,संजीव साह,शिवनारायण खंग,हरि शर्मा ,चन्द्रदेव सदा,ज्ञानवहादुर साह लगायत ग्रामवासीहरुकाे सहमति र सहयाेगमा रामायण पाठ, हनुमान आराधना सहभागी मध्येका सुरजित सिंहले जानकारी दिए ।