• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फात्तेपुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय

फात्तेपुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय
न्यूज टुडे
राजविराज,०१ फागुन । 
सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । उज्यालो नेपाल पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्ख नारायण चौधरीले शुक्रबार आयोजित एक कार्यक्रमको वीच रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । 
कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार चौधरीले देशमा सुशासन र समृद्धिको यात्रा पूरा गर्न उज्यालो नेपाल पार्टी बैकल्पिक शक्तिको रुपमा स्थापना भएको बताए ।  देशले स्वच्छ छवि, अनुभवी तथा राम्रो सोच भएको नेतृत्व चाहेको बताउँदै उनले कुलमान घिसिङ निस्वार्थ र कुनै किसिमको दाग नलागेको  नेता भएकोले सहयोगका लागि आग्रह गरे ।
पुराना र अन्य नयाँ पनि विभिन्न काण्ड गरेर देशकै शिर निहुराउने कार्य गरेको भन्दै उनले घिसिङ मात्र एक कुशल, असल नेता भएको जिकिर गरे । उनले घिसिङलाई देशको नेतृत्वमा पुर्‍याउन सबैको साथ सहयोग पाउनेमा विश्वास व्यक्त गरे ।
कार्यालय उद्घाटन समारोहमा स्थानीयबासी तथा पार्टी  नेताकार्यकर्ताहरुको समेत उपस्थिति थियो ।