• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस । पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसित सम्बन्धित भएका कारण यसलाई ‘भ्यालेन्टाइन्स डे’ पनि भन्ने गरिन्छ ।
युवाहरु प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुने भन्दै तत्कालीन रोमन सम्राट क्लाउडियस् द्वितीयले प्रेम गर्न प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइनले सम्राटको उक्त निर्णयलाई धर्म विपरित भन्दै अवज्ञा गरे । अनुशासनको दायरामा हुने प्रेम र आकर्षणप्रति इश्वर पनि खुशी हुन्छन् भन्ने उनको बुझाई थियो । यही कारण उनले सम्राटको निर्णयको विरोध गर्दै युवायुवतीहरुको जोडीहरु तयार पारेर सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रमको आयोजना गरेका थिए । फलस्वरुप राजाको आदेश उल्लंघन गरेको आरोपमा भ्यालेन्टाइनलाई ईसापुर्व २७० को फेब्रुअरी १४ तारिखमा मृत्युदण्ड दिईएको थियो । प्रेमका लागि जीवन नै उत्सर्ग गर्ने उनकै सम्झनास्वरुप विश्वभरि यस तारिखका दिन प्रणय दिवस ‘भ्यालेन्टाइन्स डे’ मनाउन थालिएको हो ।
नेपालमा पनि प्रणय दिवस मनाउनेहरुको संख्या बढ्दो छ । प्रेममा रहेकाहरुले एक आपसमा प्रेम भावको साटासाट र उपहारको आदानप्रदान गर्नु नराम्रो होईन । तर भावनात्मक रुपमा भन्दा पनि विभिन्न स्वार्थवश झुठो प्रेम गर्नुलाई चाहीँ राम्रो भन्न सकिन्न । प्रणय दिवसमा सम्पूर्ण सच्च प्रेमीहरुलाई शुभकामना !