• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आयोजक रिभर साइडलाई हराउँदै सोमबारे फाइनलमा

आयोजक रिभर साइडलाई हराउँदै सोमबारे फाइनलमा
उत्तम आचार्य
कञ्चनरुप, ०१ फागुन ।
‘सोमबारे फुटबल क्लब, चतरा, उदयपुर’ सप्तरीको कञ्चनरुप १२ रुपनगरमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  बिहीवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोज्क रिभर साइडलाई ०-३ गोलान्तरले पराजित गर्दै  सोमबारे, उदयपुर फाइनल प्रवेश गरेको हो । 
 सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको सोमबारेले पहिलो हाफमै खेलमा पकड जमाएको थियो। टोलीका दिपेश तामाङले दुई गोल गर्दै जितको आधार तयार पारे भने थप एक गोल कृष्ण राईले गर्दै टोलीलाई सहज जित दिलाए।
उत्कृष्ट प्रदर्शनका कारण दुई गोलकर्ता दिपेश तामाङ खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। आयोजक टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल फागुन १ गते शुक्रबार गेरबाबा फुटबल क्लब, अर्जुनधारा, झापा र विराटनगर स्पोर्ट्स एकेडेमी, मोरङबीच हुने आयोजकले जनाएको छ। उक्त खेलको विजेताले सोमबारेसँग उपाधिका लागि फाइनल खेल खेल्नेछ।
रिभर साइड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँसहित , शिल्ड,ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
फाइनल खेल फागुन ३ गते आयोजना हुने जनाइएको छ।