• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
निर्वाचनमा अनेकौं उम्मेदवारका बीच प्रतिष्पर्धा हुन सक्छ । ती मध्ये जीत र हारको छिनोफानो जनताले दिएको मतका आधारबाटै हुने हो । प्रतिष्पर्धामा उत्रेपछि हार वा जीतलाई स्वाभाविक रुपमा लिनुपर्ने हुन्छ ।
यस क्रममा एक मतको फरकले पनि हार वा जीत हुन सक्दछ । यस हिसाबले हेर्दा एक–एक मतको महत्वलाई कम आँक्न मिल्दैन । निर्वाचनको गरिमा बढाउनका लागि बढी भन्दा बढी मतदाताको सहभागिता अपेक्षित रहन्छ । यद्यपि खसेको मतमा पनि बदर मतको संख्या निकै देखिने गरेकोले यसलाई चिन्ताको रुपमा लिनु पर्दछ । मतदाताले मतदान स्थलसम्म पुगेर मतख साले पनि ठीक तरिकाले मत संकेत गरेको छैन भने त्यस्तो मत बदर हुन जान्छ । यसले गर्दा जित्ने उम्मेदवार हार्ने अनि हार्ने अवस्थामा रहेकोले जित्नेगरी नतिजा आउन सक्दछ । अतः मतदान गर्दा सही तरिकाले गर्नै पर्ने हुन्छ । मत बदर हुनु भनेको मतदान नै नगरेसरह हो भन्दा अन्यथा नहोला । सही तरिकाबाट मतदान गर्नका लागि मतदाता शिक्षाको आवश्यकता पर्दछ । यसले निर्वाचनमा मतदाताको सहभागिता बढाउने देखि बदर मतको अनुपातलाई घटाउन पनि महत्वपूर्ण भूमिका खेल्दछ ।
आम नागरकलाई मताधिकारको महत्व र मतदानको प्रकृयाका बारेमा जानकारी दिने लक्षका साथ मतदाता शिक्षा कार्यक्रम ल्याउनु पर्ने आवश्यकता छँदैछ । यसका साथै उम्मेदवार तिनका समर्थक लगायत सबै पक्षले सही तरिकाले मत संकेत गर्न नजानेकाहरुलाई यसबारे जानकारी दिने काम भयो भने यसबाट पनि बदर मतको संख्या घटाउन सघाउ पुग्नेछ ।