• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेता यस्ताे छान्न  पर्छ जसले दु:ख सुखमा साथ दिन्छ:- पूर्व मुख्यमन्त्री सिंह 

नेता यस्ताे छान्न  पर्छ जसले दु:ख सुखमा साथ दिन्छ:- पूर्व मुख्यमन्त्री सिंह 
रामनाथ यादव
राजविराज , २६ माघ ।
मधेस प्रदेसका पूर्वमुख्यमन्त्री एवम् स्वाभिमान पार्टीका उम्मेदवार सतिश कुमार सिंहले जनताको दु:ख सुखमा साथ दिनेलाई नेता यस्तो छान्नु पर्ने बताएका छन् ।सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ स्थित वभनगामा सोमबार चुनावी जनतासंग भेटघाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 
घरदैलो कार्यक्रममा सप्तरी संसदीय निर्वाचन क्षेत्र नम्बर २ वाट स्वाभिमान पार्टीकाे उम्मेदवार सतिश कुमार सिंहले भने, ‘मैले याे गाउँपालिकामा जति काम गरेको हाे , अहिले त्यसकाे आधा पनि नभएको वताउँदै उनले थपे:- मुख्यमन्त्रीको  जिम्मेवारीमा हुँदा जति याेजना र वजेट सवै भन्दा वढी  सप्तरी ल्याएँ ।’
मुख्यमन्त्री सिंहले जति मैले गरेको विकासी कामकाे  ऋण जनतामा रहेकाे भन्दै त्यसकाे भिख दिन आग्रह गरे । 
समाजसेवी भक्त नारायण रायकाे अध्यक्षतामा  आयोजित कार्यक्रममा युवा ,विद्यार्थी , राजनीति दल, वुद्विजिवी ,किसान ,महिला, दलितहरुकाे सहभागी रहेकाे थियाे ।