• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पर्सामा अवैध सामग्री राखेको गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले गरेको आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाईते भएको समाचार आएको छ । बीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित एक गोदाममा छापा मार्न गएका प्रहरी टोलीमाथि तस्करहरुले आक्रमण गरेका हुन् ।
अबैध रुपले गोदाममा भण्डारण गरेर राखेका सामान छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीले ७ लाख रु. मूल्य बराबरको कपडा बरामद गरेको छ । तस्करहरुले प्रहरीमाथि नै आक्रमण गर्नु र सोही क्रममा दुई वटा गाडीमा समेत क्षति पुग्नाले उनीहरुको मनोबल कसरी बढेको छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । एक त अबैध सामान भित्र्याएर राजस्व मार्ने काम भएको छ । त्यसमाथि ड्युटीमा खटेको प्रहरीमाथि आक्रमण गर्नु गाडीमा क्षति पु¥याउनाले तस्करहरुको बर्बरतालाई नै उजागर गरेको मान्न सकिन्छ । कुरा बीरगञ्जको मात्र होईन, सीमा नाका जोडिएका अन्य कतिपय जिल्लाहरुमा समेत तस्करहरुको अबैध धन्दा चल्दै आएको छ ।
यसरी आपराधिक घटना बढिरहँदा पनि त्यस्ता उपर कारवाही चलाउनेतिर नलाग्ने हो भने तस्करहरुको मनोबल अझै बढेर जाने निश्चित नै छ । राजस्व मारेर कमाउन पल्केका गिरोहहरुको धन्दा निष्तेज नगरेसम्म राजस्व संकलनमा सुधार आउन नसक्ने भएका कारण यसलाई चुनौतिकै रुपमा लिएर प्रहरी सक्रियता अझै बढाउन जरुरी छ ।