न्यूज टुडे
राजविराज,२५माघ ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १० जमुवाका ६८ वर्षीय रामबाबु मण्डलको उपचारको क्रममा मृत्यु भएको छ । कठौना–पातो सडक खण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा शनिबार साँझ मोटरसाइकलले ठक्कर दिँदा घाइते पैदलयात्री मण्डलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते पैदलयात्री मण्डलको मृत्यु भएको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज भर्ना गरिपनि तत्काल नै चिकित्सकले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।
कठौनाबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प. ५०४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मण्डल गम्भीर घाइते भएका थिए । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ बस्ने २२ वर्षीय राम अवतार मण्डल र पछाडि सवार सोही ठाउँका १६ वर्षीय विशालकुमार मण्डल घाइते भएका छन् । उनीहरु दुवैजनाको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको डिएसपी पुरीले बताए ।
ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको तथा मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय सुरज मण्डललाई नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए ।।