न्यूज टुडे
राजविराज, २४ माघ ।
सप्तरीको साविक रायपुर गाउँ विकास समितिका पूर्व उपाध्यक्ष हिरालाल मण्डल नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
वडा नम्बर २ स्थित उनकै निवासमा पार्टीका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले उनलाई स्वागत गरेका हुन् ।
अध्यक्ष यादवले उनलाई माला, टिका र गम्छा लगाएर स्वागत गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । मण्डल नेपाली कांग्रेसमा रहेर राजनीतिमा सक्रिय रहँदैआएका थिए ।