• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बिष्पोटबाट घाइते बालकहरुको सफल सल्यक्रिया : अबस्था सामान्य  

बिष्पोटबाट घाइते बालकहरुको सफल सल्यक्रिया : अबस्था सामान्य  
न्यूज टुडे
राजविराज,२४ माघ । 
सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा शनिबार भएको शंकास्पद बस्तुको बिष्पोटमा परि घाइते ४ जना बालकको शरीरबाट सल्यक्रिया गरि छर्रा  निकालिएको छ । दुधैला खोला पिकनिक (बनभोज) खान गएका बेला शंकास्पद विष्पोटक पदार्थ विष्पोट हुँदा घाइते  बालकहरुको सल्यक्रिया गरी छर्रा निकालिएको हो । 
घाइते बालकहरुको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा सफल सल्यक्रिया गरि खुट्टा तथा शरीरको विभिन्न भागबाट छर्रा निकालिएको घाइतेका आफन्तले जनाएको छ । 
शंकास्पद बस्तु विष्पोट हुँदा स्थानीय  साजन  आले मगरको छोरा बर्ष ११ का साहास मगर, मनोज थापा मगरको छोरा बर्ष ९ का प्राशिस थापा मगर,कर्ण बहादुर थापा मगरका छोरा बर्ष १६ का कविर थापा मगर र पदम बहादुर विकको छोरा बर्ष १३ का सुरज विक घाइते भएको प्रहरी बताएका छन् । 
शनिबार विहानै घरदेखि नजिकै रहेको बनमा पिकनिक खाना गएका उनीहरु विहान साढे ११ बजे एक्कसी भएको विष्पोटमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पिकनिक गएका बालकहरु दाउरा खोज्न जाँदा शंकास्पद बस्तु भेटेपछि लिएर आएको र उक्त बिष्पोक पदार्थ चुल्हो नजिक राख्दा एक्कसी बिष्पोट हुँदा उनीहरु घाइते भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए । उक्त शंकास्पद बस्तु विष्पोटक पदार्थ भएको  पुष्टि गर्दै उनले  कसले  किन  राखिएको तथा कसरी बालकहरुले फेला पारेको हो भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए ।
घाइते मध्ये साहाशको र प्राशिसको पैतालामा गम्भीर चोट लागेको तथा शरीरको विभिन्न भागमा छर्रा लागेको तथा  कबिर र सुरजको शरीरको विभिन्न भागमा  छर्रा लागेको डिएसपी पुरीले बताए ।
उक्त स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको र सेनाले विर्सीएर छोडेको वा विष्पोट गर्ने क्रममा असफल भई हराएको बम हुन सक्ने स्थानीयले आशंका गरेका छन् । 
अभ्यासमा रहेका नेपाली सेना १ महिना अगाडि फिर्ता गएको तथा बम हराएको भनी नेपाली सेनाहरुले खोजतलास  गर्दै आएको स्थानीयले जानकारी दिएका छन् ।