• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा सेनाले छोडेको वेवारिसे बम बिष्पोट हुँदा चार बालक घाइते

सप्तरीमा सेनाले छोडेको वेवारिसे बम बिष्पोट हुँदा चार बालक घाइते
न्यूज टुडे
राजविराज,२४ माघ । 
सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा शनिबार नेपाली सेनाले छोडेको बेवारिसे बम बिष्पोट हुँदा ४ जना बालक गम्भीर घाइते भएका छन् । दुधैला खोला पिकनिक (बनभोज) खान गएका स्थानीय बालकहरु बम विष्पोट भएर छर्रा लागेर गम्भीर घाइते भएका हुन् । 
रुपनी गाउँपालिका ६ का साजन  आले मगरको छोरा बर्ष ११ का साहास मगर, मनोज थापा मगरको छोरा बर्ष ९ का प्राशिस थापा मगर,कर्ण बहादुर थापा मगरका छोरा बर्ष १६ का कविर थापा मगर र पदम बहादुर विकको छोरा बर्ष १३ का सुरज विक बम बिष्पोटमा परी घाइते भएका छन् । 
शनिबार विहानै घरदेखि नजिकै रहेको बनमा पिकनिक खाना गएका उनीहरु विहान साढे ११ बजे एक्कसी बम विष्पोटमा परी घाइते भएको स्थानीयले बताएका छन् । 
घाइते चारैजनालाई मधेस प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारका लागि भर्ना गरिएपनि थप उपचारका लागि राजविराज पठाइएको स्थानीय टेक प्रसाद समाल मगरले बताए । 
घाइते मध्ये साहाशको र प्राशिसको पैताला गम्भीर चोट लागेको तथा शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ । भने कबिर र सुरजको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको स्थानीयले बताएका छन् । घाइतेहरुको राजविराज स्थित छिन्नामस्ता अस्पतालमा उपचार भइरहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 
उक्त स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको र सेनाले विर्सीएर छोडेको वा बम विष्पोट गर्ने क्रममा असफल भई हराएको बम बिष्पोट भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । 
अभ्यासमा रहेका नेपाली सेना १ महिना अगाडि फिर्ता गएको तथा बम हराएको भन्दै १०/१५ जनाको टोली मात्र त्यस स्थानमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् ।