न्यूज टुडे
राजविराज,२३ माघ ।
जनता समाजवादी पार्टी नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिका स्तरीय चुनावी परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको छ । जोण्डोलमा शुक्रबार आयोजित गाउँपालिका स्तरीय भेलाले पालिका अध्यक्ष मिलन कुमार चौधरीको संयोजकत्वमा १५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा प्रमानन्द चौधरी, कुशेश्वर चौधरी,सुर्यमान तामाङ,वाणी कुमारी चौधरी,रमेश प्रसाद चौधरी,दुर्गानन्द चौधरी,शिवनन्दन चौधरी प्रकाशचन्द्र यादवरहेका छन् । यसैगरी रामदेव यादव, रेणुका खंग,राज कुमार यादव, विजय चौधरी,मोतिलाल चौधरी, महेन्द्र राय रहेका छन् ।
गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षता तथा केन्द्रीय अनुशासन विभाग प्रमुख जगदेव यादव, केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार श्यामसुन्दर सरदरको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य पुनम कुमारी यादव, केन्द्रीय सल्लाहकार समिति सदस्य श्यामदेव यादव, प्रदेश सदस्य विनोद यादव, जिल्ला उपसचिव रामेश्वर यादव, पूर्व जिल्ला कोषाध्यक्ष एवम् प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य बृजमान तामाङ, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष हेमन्त कुमार बहडखेर यादवलगायतका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।
कार्यक्रम संचालन युवा नेता राज कुमार यादवले गरेका थिए ।।
उक्त भेलाले माघ २६ देखि फागुन २ गते सम्म वडा स्तरीय भेला आयोजना गर्ने लगायतका निर्णय गरिएको गाउँपालिका सचिव भिम बहादुर राईले जानकारी दिए ।