• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सबै समर्पण गर्दा  पनि रास्वपाले सहमति तोड्यो : घिसिङ

सबै समर्पण गर्दा  पनि रास्वपाले सहमति तोड्यो : घिसिङ
न्यूज टुडे
राजविराज,२३ माघ ।  
उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले जेनजी विद्रोहको भावनाको कदर सबै थोक समर्पण गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुँदा समेत अन्तिम समयमा रास्वपा अध्यक्ष रवि लामिछाने सहमति तोडेको बताएका छन् ।  सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले रास्वपा अध्यक्ष रवि लामिछानेले अन्तिम समयमा आएर पार्टी एकताको सहमति तोडे र धोखा दिएको बताए ।
‘जेनजी अगुवाको माग बमोजिम रास्वपासंग पार्टी एकता गर्न सहमत भयौं,उनले भने,’सहमति अनुसार सबैथोक समर्पण गर्नसम्म तयार भएकै हो, अध्यक्ष घिसिङले थपे:- पार्टी चलाउन अध्यक्ष रवी जी, प्रधानमन्त्री बालेन्द्र जी, चुनाव चिन्ह, झण्डा सबै रास्वपाकै स्वीकार्यौ पनि, तर कार्यकर्ता व्यवस्थापन र केही नीतिगत सहमति गर्नुपर्छ भन्दा रास्वपा अध्यक्ष रवि लामिछानेले सहमति तोड्यो ।’
उज्यालो अभियान पहिलेदेखि  नै चलाएर पार्टी दर्ता गर्ने सोच राखेर अगाडि बढेको र जेनजी विद्रोहपछि पार्टी दर्ता गरि अगाडि बढ्दा लामिछानेले  पार्टीलाई कम्जोर पार्न एकताको नाटक मात्र रचेको आरोप लगाए ।  समानुपातिक सूचीबाट अलग गर्ने लामिछानेको षड्यन्त्र सफल नभएको बताउँदै उनले  समानुपातिक सूची राष्ट्रिय परिबर्तन पार्टीसंग एकता गरी सुरक्षित गरिएको बताए । 
उनले रास्व्पा अध्यक्ष लामिछानेले राजनीतिक अपराध गरेको भन्दै आक्रोश पोखे । 
राजनीतिक विकास र समृद्धिका लागि हुनुपर्नेमा जोड दिदै  अध्यक्ष घिसिङले  राजनीतिलाई अब भाषणमा मात्र सिमित राख्न नमिल्ने बताए ।
´देशको आर्थिक, शैक्षिक तथा हरेक क्षेत्रमा परिवर्तनका लागि जनता र देशका निम्ति काम गर्ने नेतालाई जनताले निर्वाचित गर्न आवश्यक छ’ घिसिङले भने,’राजनीति गर्ने ठूलाठूला नेताले भाषण र घोषणापत्र सार्वजनिक गर्ने तर काम नगर्ने हावी हुँदै गएकोले भाषण भन्दा पनि काम गर्ने नेतालाई प्राथमिकता राखेर निर्वाचित गर्नुपर्छ।’
खेतखेतमा सिंचाइ पुर्याएर किसानलाई कृषिमा आत्मनिर्भर बनाउन सकेमात्र समृद्ध राष्ट्रको कल्पना गर्न सक्ने उनले बताए ।  
´कृषिमा लागेका किसानलाई न्यून शुल्कमा बिद्युुत उपलब्ध गराउन र कृषिमा आत्मनिर्भर बनाएर बजारिकरण गर्न आवश्यक छ’ उनले भने ‘कृषिमा आत्मनिर्भरसँगै आर्थिक रूपमा सबलिकरणका लागि आयात कम र निर्यात बढिभन्दा बढी बढाउनुका साथै उत्पादनको राज्यले ग्यारेन्टी गर्नुपर्छ ।’
नेपालको पुलहरू अलपत्र अवस्थामा रहेकोले जनताले दु:ख पाउँँदै आएकोले अधुरो,अपुरो तथा अलपत्र अवस्थामा रहेको पुल निर्माण गरेर व्यवस्थित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए।´तराईका पूर्वाधारहरूलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ, अध्यक्ष घिसिङले भने,’बनिसकेको नहरमा पानी ल्याउनका लागि गर्नुपर्ने व्यवस्थापन गर्न पनि आफ्नो पार्टीले  प्रतिबद्ध छ ।’
आफु मन्त्री र बिद्धुत प्राधिकरणको जिम्मेवार पदमा रहेको बेला लोडसेडिङ अन्त्य, सिंचाइमा बिद्युुतीकरण, निशुल्क मिटर वितरण गर्ने, बिद्धुतमा२० युनिट सम्म छुट,किसानहरूका लागि निशुल्क सिंचाइ लगायत उल्लेखनीय काम गरेको उनको बताए । 
उनले गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य उपचार ,रोजगारीमा बृद्धि,भ्रष्टाचार मुक्त समाज निर्माणका लागि आफ्नो पार्टीले काम गरेको तथा आगामी दिनमा पनि गर्ने बताए ।
पत्रकार सम्मेलनपछि उज्यालो पार्टी नेपालले राजविराजमा बृहत र्‍याली निकालेको छ । स्थानीय राजरंगशालाबाट निकालेको जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरि गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै घिसिङले सुशासन,समृद्धि र सामाजिक सेवा सुधार गर्ने प्रमुख एजेन्डासहित पार्टी स्थापना गरेको बताए । पहिचान, प्रतिनिधित्व, सामाजिक न्यायका लागि पार्टी प्रतिबद्ध रहेको बताउदै  उनले बर्गीय जातीय सहितका सबै खाले विभेद र भेदभाव अन्त्यका लागि एकताबद्ध हुन आग्रह गरे ।
उज्यालो नेपाल पार्टी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हर्ख नारायण चौधरी, २ का डा. दिपक चौधरीसहित ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतका उज्यालो नेपाल पार्टीका नेताकार्यकर्ता तथा सामाजिक अभियानताहरुको उपस्थिति थियो ।