• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आयूष तामाङको उत्कृष्ट प्रदर्शनले आयोजक‘महुली एफसी’ को दोश्रो महुली गोल्डकपको फाइनल यात्रा 

आयूष तामाङको उत्कृष्ट प्रदर्शनले आयोजक‘महुली एफसी’ को दोश्रो महुली गोल्डकपको फाइनल यात्रा 
न्यूज टुडे
 राजविराज,२३ माघ । 
आयुष तामाङको उत्कृष्ट प्रदर्शनले आयोजक’महुली फुटबल क्लब महुली( महुली एफसी) सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा संचालित दोश्रो महुली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  । राष्ट्रिय मावि रतवलाको खेलमैदानमा बिहीवार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा इनरुवा एफसी इनरुवा सुनसरीलाई ५-६ गोलान्तरले पारिजात गर्दै आयोजकले फाइनल यात्रा तय गरेको हो । 
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० मिनेटको खेलमा दुबै टिमको तर्फबाट १/१ गोल गरि  खेललाई बराबरीमा कायम राखे ।
आयोजक टिमले खेलको पहिलो हापमा इनरुवालाई दबाबमा राखेपनि दुबैटिमले गोल गर्न सकेन । निर्धारित ७० मीनेटको खेलमा आयोजक टिमका मिड फिल्डर जर्सी नम्बर १० का आयुष तामाङको पासलाई खेलको दोस्रो हापको ५४ मिनेटमा जर्सी नम्बर ७ का राहुल विकले गोल गर्दै टिमलाई अगाडि बढाए। 
 निर्धारित समय सकिदा इनरुवाले गोलफर्काउन नसकेपनि  थपिएको ३ मीनेटको अतिरिक्त समयको ७१ औं मिनेटमा इनरुवाका जर्सी नम्बर १९ का युग लामाले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याउन सफल भए । 
खेल अबधिमा दुबै टिम बराबरी भएपछि आयोजकले पलान्टीमा जीत हाँसील गरेको  प्रमुख रेफ्री मोहन चौधरीले जानकारी दिए ।
प्लान्टीमा पहिलो गोल प्रहार गरेको इनरुवाका जर्सी नम्बर २० का असिम भुजेलको गोल गोलपोष्ट बाहिर पुगे । आयोजक टिमका  जर्सी नम्बर २१ का भूषण मगरले प्रहार गरेको गोल इनरुवाका गोल रक्षकले रोकेका थिए ।
इनरुवाका जर्सी नम्बर २ का युहान लिम्बुले प्रहार गरेको गोल गोलमा परिणत भयो । महुलीका जर्सी नम्बर १८रोनिक मगरले प्रहार गरेको बल पोल बाहिर पुग्यो । 
इनरुवाका जर्सी नमूना ६ का युर्गेन थापाले १ गोल गरे भने महुलीका जर्सी नम्बर ११ का करण सरदारले गोल गरे । इनरुवाका जर्सी नम्बर१९ का युग लामाले प्रहार गरेको बल पोल बाहिर पुग्यो ।
महुलीका जर्सी नम्बर १२ का रोहन मगरले गोल गरे भने इनरुवाका जर्सी नम्बर  १४ का रुपेश भुजेलले गोल गरेका थिए । महुलीका जर्सी नम्बर ६ का प्रजोल तामाङले गोल गरेपछि प्यान्टीमा पाएको ५/५ गोलमा समेत ३/ ३ गोल गरी बराबर भएका थिए ।
प्लान्टीको छैठौं गोल इनरुवा जर्सी नम्बर २५ का आदित्य रानाले गरेको प्रहार महुलीका गोल रक्षक संदिप भट्टराईले  रोके भने महुलीका जर्सी नम्बर १० का आयुष तामाङले गोल गरेपछि आयोजक महुली फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो । 
सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका चाँदनी चौक निवासी १७ बर्षिय तामाङ कलिलो उमेरमै फुटबल खेलमा चम्किएका छ्न । उनले जिल्ला तथा अन्य जिल्लाहरुको सयौ प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।।
महुली फुटबल क्लब महुलीद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा आयोजक टिमका  गोल रक्षक संदिप भट्टराई म्यान अफ द म्याच घोषित भए । उनलाई १ हजार ५ सय नगदसहित  ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । 
जीत संगै  आयोजक महुली फुटबल क्लब महुली सप्तरी  र  तालतलैया एफसी इटहरी सुनसरी वीच उपाधिका लागि भिडन्त हुने आयोजक समितिका अध्यक्ष अमित राना मगरको बताए ।  प्रतियोगिता अन्तर्गत फाइनल खेल माघ २४ गते शनिबार हुने आयोजक समितिका सरोज रानाले जानकारी दिए । 
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई क्रमशः १ लाख १ हजार १ सय ११ र ५१ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 
प्रतियोगितामा पथरी ११ एफसी पथरी मोरङ्ग, तालतलैया एफसी इटहरी सुनसरी,आयोजक महुली फुटबल क्लब महुली सप्तरी,डिडिवाइसी बेल्टार उदयपुर,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, ब्रोदर्स युथ क्लब दुधौली सिन्दुली,इनरुवा एफसी इनरुवा सुनसरी र फ्यूजन एफसी गाइघाट उदयपुर गरि ८ वटा टिम सहभागी छन् ।