न्यूज टुडे
महुली,२२ माघ ।
आयोजक”महुली फुटबल क्लब महुली सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा आयोजित दोश्रो महुली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा इनरुवा एफसी इनरुवा सुनसरीलाई ट्राइबेकरमा पराजित गर्दै आयोजक महुली दोस्रो महुली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० मिनेटको खेलमा दुबै टिमको तर्फबाट १/१ गोल गरि खेललाई बराबरीमा कायम राखे । निर्धारित समय सकिदा दुबै टिम बराबरी भएपछि आयोजकले पलान्टीमा जीत हाँसील गरेको प्रमुख रेफ्री मोहन चौधरीले जानकारी दिए ।
राष्ट्रिय मावि रतवलाको खेलमैदानमा आयोजित दोश्रो सेमिफाइनल खेलमा आयोजक टिमका गोल रक्षक संदिप भट्टराई म्यान अफ द म्याच घोषित भए । उनलाई १ हजार ५ सय नगदसहित ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।
जीत संगै आयोजक महुली फुटबल क्लब महुली सप्तरी र तालतलैया एफसी इटहरी सुनसरी वीच उपाधिका लागि भिडन्त हुने आयोजक समितिका अध्यक्ष अमित राना मगरको बताए । प्रतियोगिता अन्तर्गत फाइनल खेल माघ २४ गते शनिबार हुने आयोजक समितिका सरोज रानाले जानकारी दिए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई क्रमशः १ लाख १ हजार १ सय ११ र ५१ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा पथरी ११ एफसी पथरी मोरङ्ग, तालतलैया एफसी इटहरी सुनसरी,आयोजक महुली फुटबल क्लब महुली सप्तरी,डिडिवाइसी बेल्टार उदयपुर,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, ब्रोदर्स युथ क्लब दुधौली सिन्दुली,इनरुवा एफसी इनरुवा सुनसरी र फ्यूजन एफसी गाइघाट उदयपुर गरि ८ वटा टिम सहभागी छन् ।