नर्मदेव यादव
राजविराज,२२ माघ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा ट्याक्टर चालक रुपनी गाउँपालिका २ बस्ने अन्दाजी बर्ष २० को किसन मण्डलको मृत्यु भएको छ भने सोही स्थानका अन्दाजी बर्ष १५ को जितन मण्डल र अन्दाजी बर्ष ३२ का ललन ठाकुर गम्भीर घाइते भएका हुन् ।
रुपनी गाउँपालिका २ लौवापार देखी लहानतर्फ जादै गरेको टेन्टको बाँस बोकेको प्र २ ०१-००१ त २९१९ नम्बरको ट्याक्टर हिच भाचेर दुर्घटना भएको थियो ।
मृत्यु हुने सोही ट्याक्टरका चालक र घाइतेमध्ये ठाकुर ट्याक्टर धनी र मण्डल सहयोगी थिए । घाइते दुबैजनाको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको घाइतेका आफन्तहरुले बताएका छन् ।