• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी ३ का  रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचारको आरोप :  अख्तियारले बोलायो 

सप्तरी ३ का  रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचारको आरोप :  अख्तियारले बोलायो 
न्यूज टुडे
राजविराज,२२ माघ । 
सप्तरी ३ का राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)  का उम्मेदवार अमरकान्त चौधरीमाथि भ्रष्टाचारको आरोप लगेको छ । अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गर्दै चौधरीसहित नौजनालाई  बयानको लागि उपस्थिति गराइदिन  भनेको हो। 
 सप्तरीको ढाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पर्ने श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसमेतको मिलेमताेमा भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको भन्ने व्यहोराको यस कार्यालयमा दर्ता भएको उजुरीको अनुसन्धान भइरहेकोमा निम्न उल्लेखित मानिसहरूसँग केही आवश्यक कुराहरू सोधपुछ बयान गर्नुपर्ने भएको हुँदा निजहरूको नागरिकताको प्रमाणित प्रतिलिपिसहितका कागजहरू उपलब्ध गराई निजहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उपस्थित गराइदिन  अख्तियारले पालिकालाई पठाएको पत्रमा उल्लेख छ ।
पूर्व राज्यमन्त्री चन्द्रकान्त चौधरीका छोरा अमरकान्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा छन्। । 
यसअघि ऊनीमाथि विद्यालयको भवन निर्माण कार्यमा अनियमितता गरेको आरोप लगाउँदै स्थानीयले विरोध गरेका थिए । चौधरीले पत्रकार सम्मेलन गरेरै आफुमाथी लगाएको आरोप निरधार रहेको त्तथा यसमा सत्यता नरहेको  स्पष्ट पारेका थिए ।