• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज नगरपालिकामा वर्तमान जनप्रतिनिधिहरु निर्वाचित भएर आएकै समयदेखि नगरको ट्राफिक व्यवस्थापन तर्फ ध्यान दिईने भनिए पनि काम भने हुन सकेको छैन ।
नगरको मेनरोड स्तरोन्नति भएपछि सहज आवागमनको अपेक्षा राखिएको भएपनि जथाभावी हुने सवारी साधनको पार्कि·ले गर्दा पैदल यात्रा गर्न पनि जोखिम रहने गरेको छ । सडक भरि सवारी साधनको चाप रहने गरेका कारणले बारम्बार सडक जाम हुने समस्या छ । विरामी लिएर आएका एम्बुलेन्स समेत जाममा लामो समय राकिनु पर्दा विरामीले समयमा उपचार पाउन नसकेको अवस्था छ । जनतालाई परिरहेको यो समस्या समाधानका लागि नगरपालिकाले अग्रसरता लिन आवश्यक भएपनि अस्तव्यस्त बनेको ट्राफिक समस्यालाई लिएर ठोस काम हुन सकिरहेको छैन । नगरका व्यस्त सडकमा सवारी साधनको चाप बढ्दो क्रममा छ । तर यसलाई व्यवस्थित गर्ने सवालमा भने उदासीनता देखाउनाले समस्याको हल किमार्थ निस्कन सक्दैन ।
नगरपालिकाले अगुवाई गरेर ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षको समन्वयबाट यो समस्याको समाधान तर्फ नलाग्ने हो भने नगर क्षेत्रमा यो समस्या झनै बढेर जाने त निश्चितै छ । यसका साथसाथै दुर्घटनाको जोखिम समेत बढ्ने भएका कारण समयमै सोच्नु पर्ने आवश्यकता छ ।