• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीसहित देशभर निर्वाचनलाई लक्षित गरि सेना परिचालन

सप्तरीसहित देशभर निर्वाचनलाई लक्षित गरि सेना परिचालन
न्यूज टुडे
राजविराज,२१ माघ । 
आसन्न फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरि सप्तरीसहित देशभर बुधबारदेखि नेपाली सेना परिचालन गरिएको छ । जिल्लाको सुरक्षा निकायहरुसंगको समन्वयमा सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा श्री बरख गण राजविराजबाट निर्वाचन सुरक्षार्थ सेना परिचालन गरिएको हो । 
आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई भयरहित शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गाराउने उदेश्यले नेपाली सेना परिचालन गरिएको जिल्ला सुरक्षा समन्वय समितिले जनाएको छ । 
निर्वाचन अवधिभर शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न सम्भावित जोखिम न्यूनीकरण गर्न तथा जिल्लाका नागरिकलाई सुरक्षित रुपमा मताधिकार प्रयोग गर्न सहयोग पुर्‍याउने मुख्य जिम्मेवारीको साथ सेना परिचालन गरिएको बताइएको छ ।  
जिल्लाको विभिन्न सुरक्षा निकायहरुसंग समन्वयमा बुधबार देखि सप्तरी जिल्लाको विभिन्न स्थानमा सक्रियका साथ सेना परिचालन गरिएको श्री बरख गण राजविराजले जनाएको छ ।