• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
समाचार संकलनका लागि भन्सार नाकामा पुगेका सप्तरीका एक पत्रकारमाथि आईतबार प्रहरीले दुर्व्यवहार गरेको छ ।
पारीपट्टिबाट सामान लिएर आएकाहरुसित पैसा असुल गरेको फोटो खिच्दा ती पत्रकारलाई नियन्त्रणमा लिँदै दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्षले यस घटनाको विरोध जनाएका छन् । सप्तरीका तस्करी बढेको, पैसाको लेनदेन गरेर तस्करीका सामान भित्रिने गरेको व्यहोराका समाचार विगतमा पनि नआएका होईनन् । पत्रकारले त्यस सम्बन्धि सत्यतथ्य समाचार संकलन, लेखन गर्न चाहँदा अवरोध र दुर्व्यवहार गरिन्छ यदि भने त्यो सरासर आपत्तीजनक कुरा हो । स्वतन्त्र प्रेसको संवैधानिक रुपमा नै ग्यारेण्टी गरिएको छ । सूचनाको सम्वाहक प्रेस माथि अंकुश लगाउने, अवरोध पुर्‍याउने  र पत्रकारमाथि नै दुर्व्यवहार जस्ता कार्य लोकतन्त्रमा स्वीकार पनि हुन सक्दैन ।
पत्रकारलाई स्वतन्त्र रुपले लेख्नमा कुनै प्रकारको अवरोध गर्न मिल्दैन । साथै प्रहरीले पत्रकारको सुरक्षा प्रति विशेष ध्यान दिनुपर्नेमा उल्टै दुर्व्यवहार हुनुलाई खेदजनक नै मान्नु पर्दछ । प्रेममाथि अंकुश लगाउने कार्य हुन्छ यदि भने त्यसबाट स्वेच्छा चारिता, विकृति विसंगति लगायतकाले प्रश्रय पाउने हुँदा यस्तो कार्य रोक्न आवश्यक छ ।