• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नाउपाकी केन्द्रीय सदस्य चौधरी जसपा नेपाल प्रवेश

नाउपाकी केन्द्रीय सदस्य चौधरी जसपा नेपाल प्रवेश
न्यूज टुडे
राजविराज,१९ माघ । 
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य दिल कुमारी चौधरी जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेकी छन् । नाउपा परित्याग गर्दै उनी सोमबार जसपा नेपाल प्रवेश गरेकी हुन् । 
उनलाई जसपा नेपालका केन्द्रीय सदस्य उपेन्द्र यादवले टिका माला लगाएर पार्टीमा स्वागत गरे ।  उनी न्यसअघि जसपा नेपालकी केन्द्रिय सदस्य थिइन् ।  जसपा नेपाल विभाजन हुँदा उनी जसपा परित्याग गरि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन । 
रुपनी गाउँपालिका ६ निवासी  उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघकी मधेस प्रदेश उपाध्यक्ष हुन् । 
यसैगरी चर्चित कलाकार तथा थारु नेता गोपाल प्रसाद चौधरी र युवा नेता शिवम यादव समेत जसपा नेपाल प्रवेश गरेको जसपा नेपाल सप्तरीले जनाएको छ ।