न्यूज टुडे
राजविराज, १८ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।जनमत पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्षका प्रत्यासी बिजय यादव (डाक्टर)को नेतृत्वमा उनीहरु जसपा नेपाल प्रवेश गरेका हुन् ।
कार्यक्रममा सुरेन्द्र यादव, सफिद रहमान, मदन यादव सहित दर्जन बढी नेता तथा कार्यकर्ताहरु जनमत पार्टी जसपा नेपालमा प्रवेश गरे ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदबार उमेश कुमार यादव, जिल्ला सचिव निरज मुक्ति, नेता एवम् वडा अध्यक्ष मन्सुर मिश्र (बाबा), युवा नेता कृष्ण कुमार यादव (क्रिस) लगायतले गम्छा, माला तथा टीका लगाएर स्वागत गरे ।
उनीहरुको स्वागत गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले प्रभावशाली नेताकार्यकर्ताको प्रवेशले सङ्गठन थप बलियो हुनुका साथै चुनावी अभियानमा समेत मद्दत मिल्ने बताए । चुनावी अभियानका क्रममा आफूले आम मतदाताबाट पाएको हौसला र प्रतिवद्धताले थप उत्साहित भएको उनले उल्लेख गरे ।
पूर्व सिचाइ मन्त्री समेत रहेका नेता यादवले सप्तरी २ का वडा तथा टोलहरुमा जनतासँग भेंटघाट तथा चुनावी छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन् ।