चुनाव नजिकिदै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का पार्टी परिवर्तनको होडबाजी चलेको छ । सप्तरी ३ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि विभिन्न पार्टी परित्याग गरि जसपा नेपाल प्रवेशको लहर चलेको हो ।
पार्टी प्रवेश कार्यक्रम सहभागीहरु । फोटो : न्यूज टुडे
यसैक्रममा शम्भुनाथ नगरपालिकामा आइतबार विभिन्न पार्टी परित्याग गरी दर्जनौंको संख्यामा नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका छन् ।
वडा नम्बर -६ स्थित कठौना बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी परीत्याग गरि केन्द्रीय सदस्य बिष्णु गुप्ता र नेपाली कांग्रेस परित्याग गरि नगर सचिव कामेश्वर साहको नेतृत्वमा दर्जनौं स्थानीय नेताकार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई पार्टी अध्यक्ष निर्वाचन क्षेत्र नम्बर ३ का उमेदवार उपेन्द्र यादवले माला टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।