न्यूज टुडे
राजविराज, १८ माघ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुर्यनाथप्रसाद यादव(सुभाष)ले चुनावी भेटघाटलाई तीब्रता दिनु भएका छन् । यादव पार्टीका नेता,कार्यकर्ता ,शुभेच्छुक,समर्थक,मतदाता, समक्ष भेटघाटलाई तीब्रता दिएका हुन्।
मुलुकमा सर्वहारा वर्गको मुक्ति,शिक्षा,स्वास्थ्य,रोजगारी,सुशासन,समृद्धि,भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धताका साथ उम्मेदवारी दिएको यादव मतदाताको घर–घरमा सक्रियता देखिएका छन् ।
माओवादी १० वर्षे जनयुद्वमा सर्वहाराको मुद्दा लिएर देशको आमुल परिर्वतन,सर्वहाराको मुक्ति,मुलुकमा शिक्षा,स्वास्थ्य,रोजगारी,सुशासन,समृद्धि,भ्रष्टाचार अन्त्य, लगायतका महान मुदालाई संस्थागत रुपमा स्थापित गर्न आफनो उम्मेदवारी भएको उनले बताए ।
देश बदल्न कुशल सेवकले मात्र सक्ने भाँडा उनले नेपाली कम्युनिष्ट पार्टीले मात्र मुलुकलाई सहि दिशा दिन सक्ने उनको भनाइ छ ।