• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो महुली गोल्डकप शुरु:उद्घाटन खेलमा तालतलिया विजयी

दोश्रो महुली गोल्डकप शुरु:उद्घाटन खेलमा तालतलिया विजयी
रामनाथ चौधरी
महुली,१७ माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा दोश्रो महुली गोल्डकप सुरु भएको छ ।  महुली फुटबल क्लब महुली सप्तरीद्वारा आयोजित दोस्रो महुली गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको हो । 
खेलमा म्याद अफ द म्याच घोषित चौधरी पुरस्कार ग्रहण गर्दै । फोटो : न्यूज टुडे
आयोजक समितिका अध्यक्ष अमित राना मगरको अध्यक्षतामा आयोजित  प्रतियोगिताको प्रमुख अतिथि  पूर्व राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले एक समारोहका वीच उद्घाटन गरेका हुन् । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहयोगमा संचालित  प्रतियोगिता उद्घाटन समारोहमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य, ४ का वडाध्यक्ष तेज नारायण यादवलगायतका उपस्थिति थिए । 
प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा तालतलिया एफसी इटहरी सुनसरी विजयी भएको छ । पथरी ११ एफसी पथरी मोरङलाई ०-१ गोलान्तरले पराजित गर्दै तालतलिया सुनसरीले जितको सुरुवात गरेको हो । 
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० मिनेटको पहिलोहापमा दुबै टिमको तर्फबाट गोल हुन सकेन ।  खेलको दोश्रो हापको ४२ औं  मिनेटमा तालतलियाका जर्सी नम्बर ४ का पूजन चौधरीले गरेको गोल निर्णायक बन्न पुग्यो । 
राष्ट्रिय मावि रतवलाको खेलमैदानमा आयोजित उद्घाटन खेलमा पाथरी एफसी पथरीका जर्सी नम्बर ४ का पूजन चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । 
आइतबारको खेल आयोजक महुली फुटबल क्लब महुली सप्तरी  र डिडिवाइसी बेल्टार उदयपुर वीच हुने हाम्रो स्थानीय प्रतिनिधिले जनाएको छ । 
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई क्रमशः १ लाख १ हजार १ सय ११ र ५१ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 
प्रतियोगितामा पथरी ११ एफसी पथरी मोरङ्ग, तालतलैया एफसी इटहरी सुनसरी,आयोजक महुली फुटबल क्लब महुली सप्तरी,डिडिवाइसी बेल्टार उदयपुर,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, ब्रोदर्स युथ क्लब दुधौली सिन्दुली,इनरुवा एफसी इनरुवा सुनसरी र फ्यूजन एफसी गाइघाट उदयपुर गरि ८ वटा टिम सहभागी छन् ।