• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा विभिन्न चरणमा विकास निर्माणका योजना सुरु गरिए । तर ती मध्येका धेरै योजनाहरु अहिले पनि अधुरो र अलपत्र अवस्थामै रहेका छन् ।
कतै कोल्ड स्टोर निर्माणको काम थालेर अलपत्र छाडिएको छ भने कतै अस्पताल भवन निर्माणलाई अधुरो राखिएको छ । विकासीय काम अन्तर्गत नयाँ योजनाको निर्माण थालनी गरेपछि त्यसले त्यहाँका जनतामा आशा र उत्साह जाग्नु स्वाभाविकै हुन जान्छ । तर तब ती योजनालाई बीचमै अलपत्र छाडिन्छ, यसले जनमानसमा नैराश्यता पैदा गर्दछ र यसो हुनुलाई अस्वाभाविक भ न्न सकिन्न । योजना अधुरा रहनुको आफ्नै प्रकारको समस्या छ भने कतिपय तयार भईसकेका योजनालाई पनि सञ्चालनमा नल्याएर प्रयोगविहीन अवस्थामा राखिएको छ । एकातिर ती योजनामा ठूलो रकम लगानी हुनु र प्रयोगमा नल्याउनाले जनता सुविधाबाट समेत बञ्चित रहनाले ती योजनाको सार्थकता प्रमाणित हुन सकिरहेको छैन । रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, ईञ्जिनियरि· कलेज लगायतका धेरै योजना सप्तरीमा सुरुवात भएर पनि अधुरै छन् । यस पटक क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी उमेशकुमार यादवले अधुरा रहेका योजनालाई पूरा गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । यी योजना उनको कार्यकालमा थालनी नभएका भएपनि तिनलाई पूरा गर्ने कार्य हुन्छ, यदि भने यो एक प्रशंसनीय कार्य नै हुन सक्छ । कुरा व्यक्ति विशेषको मात्र होईन, सप्तरीको विकास प्रति हरेक जसो उम्मेदवारहरुको प्रतिबद्धता कुनै न कुनै रुपमा आएकै हुन्छ । 
प्रतिबद्धता जनाएर मात्र चाहीँ पुग्दैन । त्यसको कार्यान्वयन हुन सक्यो भने मात्र जनताले विकासको प्रत्याभूति पाउन सक्छन् भने यस्तो प्रतिबद्धता जनाउनेप्रति ‘बोलेको कुरा पूरा गर्ने’ भनी जनविश्वास बढेर जानेमा आशंका रहने छैन ।