• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जसपा नेपाल प्रवेश

विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जसपा नेपाल प्रवेश
न्यूज टुडे
राजविराज, १६ माघ । 
सप्तरी  निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले, काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी  लगायतका विभिन्न पार्टी परित्याग गरि  जसपा नेपाल प्रवेश गर्नेको लहर चलेको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी अभियानमा सक्रिय भएपछि बढ्दो जनलहरसँगै पार्टी प्रवेश गर्ने क्रमले तीब्रता पाएको हो ।
प्रतिनिधिसभा सदस्यमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका उनलाई स्वागतसँगै विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने लहर चलेको जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले बताए  । 
राजगढ गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमाले परित्याग गरी मजिद मियाँ (कैलास) र नइम मन्सुरीको नेतृत्वमा  दर्जनौंको संख्यामा कार्यकर्ताहरु प्रवेश गरेका छन् । उनीहरु त्यस क्षेत्रका प्रभाशाली नेता हुन् ।
सोही वडामा नेपाली कांग्रेस परित्याग गरी बद्री यादव, कुञ्जीलाल यादव, दिनेश यादव, बब्लु यादवलगायत दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता  जसपा नेपाल प्रवेश गरेको अध्यक्ष यादवले  जानकारी दिए । 
यसैगरी जनमत पार्टी परित्याग गरी सरोजकुमार यादव, सुनिल कुमार शर्मा, कमल शर्मा, बिरेन्द्र शर्मा, बलराम सुतिहार, शत्रुधन सुतिहार, कृष्णा यादव, सुरेन्द्र कुमार यादव सहितका कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
राजगढ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका कामेश्वर यादवको नेतृत्वमा सामूहिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन । यस्तै बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ का दिनेश झा, सुरेश झा, छोटेलाल खंग सहितका व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् ।
पार्टीको घोषणापत्र सार्वजनिक गरे लगत्तै निर्वाचन क्षेत्रमा सक्रिय भएका अध्यक्ष यादव आज डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडाहरुमा भेंटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन् । वडा नम्बर ४ कुशहामा नेपाले  कम्युनिस्ट पार्टीका नेता अच्छेलाल साह, स्थानीय नेता बच्चेलाल साहको नेतृत्वमा कार्यकर्ताहरु समेत पार्टी प्रवेश गरेको जनता समाजवादी पार्टी नेपालका नेता बिदेश्वर प्रसाद यादव बिक्कीले जानकारी दिए । उनका अनुसार कुशहामा नेपाली कांग्रेसका रामरतन राय, सञ्जय राय, जनमत पार्टीका रामसुन्दर राय सहितका नेताहरु पार्टी प्रवेश गरेका छन् ।
 नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष यादवले स्वागत गर्दै पार्टी नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै अभियानमा होमिन आग्रह गरेका छन् ।
पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार अध्यक्ष यादव पुग्ने हरेक गाउँ तथा टोलहरुमा सर्वसाधारण जनता उत्साहित भएको तथा पार्टी प्रवेश गर्ने क्रम पनि बढेको छ । मधेश विद्रोहका कमाण्डर यादवलाई आफ्नै घरदैलौमा प्रत्यक्ष भेट्ने अवसर पाएपछि सर्वसाधारण उत्साहित भई जनलहर बढेको छ । जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएपछि केही दिनयता जनताको घरदैलोमा सक्रिय भएका छन् ।
कठोर सङ्घर्ष र जनताको बलिदानीबाट प्राप्त उपलब्धीको रुपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल एवम् स्थायित्व प्रदान गर्नु आवश्यक रहेको बताउँदै जसपा नेपाललाई मतदान गरेर थप सबल बनाउन अध्यक्ष यादवले आह्वान गरेका छन ।